मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
स्वर्गद्धारी अपडेट,प्यूठान । बाँकेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका राप्ती सोनारी गाँउपालिका ७ निबुवाटारमा भे ७ प १५२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका ५ बिनौना निवासी ५० वर्षीय बुचु थारु रहेका छन् । गम्भीर घाइते भएका थारुको उपचारका क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा आइतबार बेलुका मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।
त्यस्तै ठक्कर दिने मोटरसाइकल चालक जरैयाका अन्दाजी २३ वर्षीय नवीन बुढामगर घाइते भएका छन् । उनको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ ।







