समय : १०:०४ am | बिहिबार , फागुन २८ गते २०८२

चट्याङ लागेर एउटै घरका चार जना घाइते

स्वर्गद्वारी अपडेट | असार ३१ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । रुकुम पश्चिमको आठबीसकोटमा चट्याङ लागेर एउटै घरका चार जना घाइते भएका छन् । आठबीसकोट नगरपालिका(१० घारीखोलाका गोपाल केसीको घरमा हिजो बेलुका चट्याङ लागेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार चट्याङ लागेर उहाँकी ३२ वर्षीया श्रीमती खिमला, १२ वर्षीय छोरा लक्ष्मण, ६ वर्षीया छोरी पूजामाया र २ वर्षीय छोरा टेकविक्रम केसी घाइते भएका हुन् । घाइते चारै जनाको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीे जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्