समय : १२:४८ am | शनिबार , मंसिर ७ गते २०८१

जर्नादन शर्मालाई अर्थमन्त्रीबाट हटाइने

स्वर्गद्वारी अपडेट | असार २१ गते २०७९
स्वर्गद्धनरी अपडेट,प्यूठान । अर्थमन्त्री जर्नादन शर्मा पदबाट हटाइने भएका छन् । उनी बजेट निर्माणमा करको विषयमा विवादमा परेकाले हटाइने बुझिएको छ । आज नेकपा माओवादी केन्द्रको बैठकमा पनि जर्नादनलाई हटाउनुपर्ने माग उठेको छ । सत्ता गठबन्धनको नेपाली काँग्रेसका नेताहरूले पनि उनलाई हटाउन माग गरिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई हटाउनेबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरिसकेको बुझिएको छ । अर्थमन्त्रालयमा बजेटसँग असम्बन्धित व्यक्ति रातारात छिरेको विषय चर्चामा छ । त्यसको सिसिटिभी गायब बनाइएको विषय चर्चामा छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्