प्युठान।नेपालीहरूको महान् चाड बडादशैँ आजदेखि विधिवत् रूपमा शुरु भएको छ। असोज शुक्ल प्रतिपदाका दिन बिहान ९:१३ बजे घटस्थापना गरेर देवी दुर्गाको पूजा आराधना प्रारम्भ गरिएको हो।
पूजा कोठा वा दशैँघरमा कलश, दियो र गणेश स्थापनासहित दुर्गा देवीको आह्वान गरी जमरा रोप्ने परम्परा अनुसार घटस्थापना गरिएको हो। दशैँ शुरु भएसँगै बजारमा किनमेल र गाउँघर फर्किनेको चहलपहल बढेको छ।
विजयादशमीका दिन अर्थात् असोज १६ गते देवी दुर्गाको विसर्जनसहित टीका, जमरा र प्रसाद ग्रहण गरिनेछ।