समय : ०३:२१ am | बिहिबार , फागुन २७ गते २०८२

बैतडीमा जीप दुर्घटना हुदा बझाङकाे एकै गाउँका ६ जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | चैत्र २९ गते २०७९
स्वर्गद्वारी अपडेट समचार डेक्स ।  बैतडीमा जीप दुर्घटना हुँदा ज्यान गुमाएका एकै गाउँका ६ जनाको परिचय खुलेको छ । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा गएराति साढे ११ बजे जीप दुर्घटना भएको हो ।दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।चालकसहित १२ जना चढेको जीपमा रहेका अरु पाँच जना सकुशल छन् । उनीहरुले हाम फालेर ज्यान जोगाएका हुन् । चालक फरार रहेका छन् । बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्