समय : ०३:२२ am | बिहिबार , फागुन २७ गते २०८२

एसईई सकेर फर्किँदै गरेका विद्यार्थी चढेको जीप दुर्घटना हुदा एक जनाको ज्यान गयो, ३ जना घाइते

स्वर्गद्वारी अपडेट | चैत्र २७ गते २०७९

स्वर्गद्वारी अपडेट समचार डेक्स । कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडक खण्डमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४२३ नम्बरको जीप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्नाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो ।  घाइते तीन जनाको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।अत्तरियामा रहेको दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एसईई दिएर घर फर्किँदै गरेका उनीहरु दुर्घटनामा परेका हुन् । प्रहरीका अनुसार ज्यान गुमाउने ठगुन्ना र घाइतेहरु चुरे गाउँपालिकाको मलकटेश्वर माविमा अध्ययनरत विद्यार्थी हुन् ।

यो पनि पढ्नुहोस्