समय : ०४:५६ am | बिहिबार , फागुन २७ गते २०८२

पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज एक/दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना

स्वर्गद्वारी अपडेट | चैत्र २ गते २०७९

स्वर्गद्वारी अपडेट समचार डेक्स ।  आज बिहीवार देशका एक/दुई ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ । पहाडी र तराईका एक/दुई ठाउँमा आज हल्का वर्षाको अनुमान गरिएको मौमसविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । यो प्रभावका कारण अहिले धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएकाे छ । दिउँसोपछि हल्का वर्षाको अनुमान गरिएको छ । तर काठमाण्डौमा भने पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् ।    

यो पनि पढ्नुहोस्