समय : ०४:५६ am | बिहिबार , फागुन २७ गते २०८२

पहाडी क्षेत्रमा आज हुरीको सम्भावना

स्वर्गद्वारी अपडेट | चैत्र १ गते २०७९
स्वर्गद्वारी समचार डेक्स प्युठान ।काठमाण्डौ उपत्यकासहित केही ठाउँमा आज पनि हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ ।गएराति धेरै ठाउँमा हावाहुरीसहित फाट्टफुट्ट पानी परेको थियो भने मेघगर्जन र चट्याङ पनि परेको थियो । हुरीले कतिपयको जस्ताको छानो उडाएको छ । हावाहुरीले पुर्‍याएको क्षतिको विवरण भने आइसकेको छैन । मौसमविद् समीर श्रेष्ठका अनुसार आज पनि बेलुका पछि  वाग्मती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हुरी चल्ने अनुमान गरिएको छ ।गएराति वाग्मती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा हुरी चलेको थियो । यस्तै, सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तीब्र  गतिमा हावाहुरी चलेको थियो । प्रि मनसुनको समयमा पश्चिमी वायुको प्रभाव पर्दा हावाहुरी चल्ने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । मेघगर्जन र चट्याङसहित हुरी चल्ने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
   

यो पनि पढ्नुहोस्