स्वर्गद्वारी अपडेट प्यूठान । आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा वर्षाको सम्भावरहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसीका पहाडी भू–भागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।







