समय : ०५:३१ am | आइतबार , भाद्र २२ गते २०८१

आजको राशिफल २०८० जेठ १७ गते बुधबार

सन्तोष सुनार | जेठ १७ गते २०८०

मेषः जिम्मेवारीको विशेष वहन गर्नु पर्नेछ । सोचेका कामले सफलता पाउने छ । व्यपार व्यावसायबाट लाभ हुनेछ । विपरीत लिङ्गी मित्रबाट सहयोग मिल्नेछ ।

वृषः आज राम्रा कुराको चर्चा चल्नेछ । आकस्मिक शुभ समचारले मन खुसी रहला । अध्यायन अध्यापन तथा ब्यवसायमा प्रचुर लाभको योग रहेको छ ।

मिथुनः आज स्वास्थमा समस्या आउनाले धनको क्षति हुनेछ । शरीर भारी र मन अस्थिरतामा रूमलिनेछ। गाईलाई खान दिएर कामको थालनी गरे सफलता हात पर्न सक्छ ।

कर्कटः अचल सम्पत्ति हात पर्न सक्छ । धार्मिक कार्यमा मन लाग्नाले मनमा शान्ति छाउनेछ । वित्तीय संस्थाबाट सहयोग मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

सिंहः शुभ कर्मको चर्चा चल्नाले आनन्दानुभूति हुनेछ। नयाँ काम वा रोजगारको सम्भावना रहेकोछ । राजनीतिक क्षेत्रमा मन जानेछ । जोस जाँगर पराक्रम बढनेछ ।

कन्याः बुद्धिको प्रयोग जटिल काम पनि सहजताको दायेरामा ल्याउन सकिनेछ । आय आर्जनको क्षेत्रमा प्रगति हुनेछ । वौदिकतामा निखार आउनेछ ।

तुलाः अचानक मनमा द्विविधा उत्पन्न हुन सक्छ । पराधीन बन्नु पर्नेछ । पेट वा टाउको सम्बन्धि समस्य हुन सक्छ । कुकुरलाई खान दिएर काम थाल्दा शुभ हुनेछ ।

वृश्चिकः आज वौदिक विकासको योग

रहेकोछ । धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुने समय रहेको छ । गोष्ठी या सेमिनारमा सम्मिलित हुन सकिनेछ ।

धनुः अध्यायन अध्यापनमा विशेष सफलता मिल्नेछ । अरूको मन जितेर काम बनाउन सकिन्छ । छोटो दुरीको लभदायका यात्रा हुनेछ ।मनमा सन्तोष मिल्नेछ ।

मकरः मानसिक चिन्ता बढे पनि कार्यमा सफलता भने मिल्नेछ । अरूलाई प्रभावित बनाएर काम हातमा लिन सकिनेछ । साझेदारी कामबाट फाइदा मिल्नेछ ।

कुम्भः आज कार्यक्षेत्रमा समस्या आउन सक्छ । सरकारी निकायबाट झ्याउला झमेला आउन सक्छ । मनमा शंखा र अविश्वसको भूमरी चल्न सक्छ । भँगेरालाई खान दिएर गरेको कमले सफलता पाउनेछ ।

मीनः आफ्नो कार्यक्षेत्रमा राम्रै प्रभुत्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ श्रोतहरू हात पर्नेछन् । मान प्रतिष्ठामा वृद्धि हुनेछ ।
राशिफलले जे भने पनि तपाँईको दिन शुभ रहोस् हरि ॐ ।
परामर्शको लागि ९८४२६२४३०६र९८४००७७०४७

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्