समय : ११:३२ pm | आइतबार , माघ २५ गते २०८२

प्युठानमा ५८ जना रास्वपामा प्रवेश

आज युवाहरुले पार्टी सदस्यता लिनु भनेको ब्यक्तिहरुको प्रवेश मात्र नभई आशा,उत्साह र उर्जा हो।

स्वर्गद्वारी अपडेट | माघ २५ गते २०८२

प्युठान।प्युठानको सरुमारानी गाउँपालिकामा ५८ जना युवा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गरेका छन्।आइतबार पालिकावासी युवाहरु बिभिन्न पार्टी परित्याग गरि रास्वपामा प्रवेश गरेका हुन्।  

सरुमारानी गाउँपालिका-२ दर्भानमा रास्वपा प्युठानले घरदैलो अभियान संचालन गर्दै गर्दा ति युवाहरु पार्टी प्रवेश गरेको माण्डवी गाउँपालिकाका सभापति बोम सुनारले बताए।

आज युवाहरुले पार्टी सदस्यता लिनु भनेको ब्यक्तिहरुको प्रवेश मात्र नभई आशा,उत्साह र उर्जाको प्रवेश भएको भन्दै राजनीतिकलाई सरल र सहज बनाउने आधार युवाहरुमा सुम्पिएको समेत प्युठानबाट रास्वपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार शुसान्त वैदिकले बताए।

सरुमारानी सँगै प्युठानका अन्य स्थानीयतहहरुमा रास्वपामा प्रवेश गर्ने युवाको लहर चलेको पार्टी श्रोतले जनाएको छ।   

यो पनि पढ्नुहोस्