समय : ०२:५३ am | आइतबार , पौष २६ गते २०८२

रास्वपाको प्रत्यक्षतर्फको उम्मेदवारी दिने समय आज सकिँदै

उम्मेदवारको आवेदन शुल्क २५ हजार तोकिएको छ।

स्वर्गद्वारी अपडेट | पौष २६ गते २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार छनौटको प्रक्रियाका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ।

रास्वपाले पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन उम्मेदवारी दिने अन्तिम समय पौष २६ गते ९आज० राति १२ बजे सम्म तोकेको छ।

उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप मार्फत दिन सकिने जनाएको छ । उम्मेदवारको आवेदन शुल्क २५ हजार तोकिएको छ।

साथै आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा सम्बन्धित सरकारी निकायले जारी गरेको विपन्नताको परिचयपत्र, पार्टी पालिका समितिबाट जारी सिफारिस पत्रका आधारमा सचिवालयले अन्तिम निर्णय गर्ने जनाएको छ ।

यो पनि पढ्नुहोस्