समय : ०१:५० pm | सोमबार , जेठ ५ गते २०८२

माओवादी पार्टी प्रति जनता निकै आशावादी छन्:पुर्व उपराष्ट्रपति पासाङ

राधिका भुषाल | वैशाख ६ गते २०८२

प्यूठान।नेकपा माओवादी  केन्द्रका उपाध्यक्ष एवं पुर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले अहिले माओवादी केन्द्र प्रति जनता निकै उत्साहित र आशावादी भएको बताए ।

प्रेस सेन्टर नेपाल जिल्ला शाखा प्यूठानले आयोजना गरेका पत्रकार भेटघाटमा बोल्दै देशभर चलेको माओवादी जागरण अभियानले जनतालाई उत्साहित बनाएको बताए। ‘विगतका कतिपय कमि कमजोरीहरुलाई सुधारगर्दै आएपछि जनताले विश्वास गरेर सहयोग गर्ने प्रतिवद्धता दिएका छन्।’ पुर्व उपराष्ट्रपति पासाङले भने–‘जनतालाई सुशासनको प्रत्याभुत गराउने र भ्रष्टचार अन्त्य गर्नका लागि माओवादी पार्टीबाट मात्रै सम्भव छ ।’ जनताले यो विचमा माओवादी पार्टी हराएको गुनासो समेत गर्ने गरेको उनले बताए ।

‘माओवादी टुटफुटबाट आएको विचलनले गर्दा सहितको रगतले अझै न्याय नपाएको सहिद परिवारले गुनासो पाखेका छन् ।’ उनले भने–‘गणतन्त्रको रक्षका लागि माओवादीले नै पहल ल्याउनु पर्छ ।’ सरकारको पक्षमा अहिले जताततै आन्दोलन चर्किएको हुदा जायज मागहरुलाई सरकारले तुरुन्तै सम्बोधन गर्नुपर्ने उनले बताए ।

पाटीमा एउटा इट्ट थप्नका लागि राजनैतिक क्षेत्रमा आएको  र जीवन्त देश र जनताको लागि राजनैतिक क्षेत्रमा रहिरहने समेत उनले बताए । पार्टीको थोत्रो गाडी चढ्दै आएको भन्दै अहिले आफु राज्यबाट कुनै सेवा सुविधा नलिएको दावी गरेका छन् ।

पत्रकार भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्वमुख्य मन्त्री जोग बहादुर महरा, पुर्व मन्त्री कृष्णध्वज खड्का, नेकपा माओवादी केन्द्र लुम्बीनि प्रदेशका सचिव कृष्ण प्रकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो । 

यो पनि पढ्नुहोस्