समय : ०४:२४ am | सोमबार , वैशाख ७ गते २०८२

प्युठानको स्वर्गद्वारी क्याम्पसमा लफडा,स्ववियु चुनाव स्थगित

स्वर्गद्वारी अपडेट | चैत्र ४ गते २०८१

प्युठान।स्वर्गद्वारी क्याम्पस प्युठानमा चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ।क्याम्पस प्रमुख गुन्ज बहादुर खड्काले विज्ञप्ति निकालेर निर्वाचनका लागि सहज वातावरण नभएको भन्दै स्थगित गरिदिएका हुन् ।

अनेरास्ववियु र अखिल (क्रान्तिकारी) संयुक्त प्यानलका बिधार्थीले क्याम्पस परिसरमा निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने माग राखेर नारावाजी गरेका थिए। एमाले निकट अनेरास्ववियु सभापतिका उम्मेदवार टेकराज केसीले भने तोकिएको समयमा चुनाव नभए कडा प्रतिकारमा उत्रने र आइपर्ने अवस्थाको जिम्मेवारी यही लाचार क्याम्पस प्रशासनले बेहोर्ने बताए।स्वतन्त्र बिद्यार्थी समूह भने सो घटनाका विषयमा मौन छ। 

केहि दिन अघि अनेरास्ववियुले विज्ञप्ति निकालेर क्याम्पस शिक्षक र कम्युटर अपरेटरलाई बर्खास्त गर्न माग गरेको थियो।

   

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्