समय : ०१:०७ pm | आइतबार , चैत्र ३ गते २०८१

कम्युनिष्टहरु सरकारमा हुँदा एउटा कुरा सडकमा हुँदा अर्को कुरा: गगन थापा

लव कुमार अधिकारी | फागुन १२ गते २०८१

प्युठान– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालका कम्युनिष्टहरुको बानी बिग्रिसकेको संज्ञा दिएका छन्।प्युठानमा कांग्रेसको बिशाल आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो भनेका हुन्। 

उनले सरकारमा हुँदा एउटा कुरा सडकमा हुँदा अर्को कुरा गरेको आरोप लगाएका हुन्। तर कम्युनिष्टहरुको बानी बिग्रियो भन्दैमा काँग्रेसले यो जिम्मेवारीबाट पन्छिन मिल्दैन यो जिम्मेवारी हामीले पुरा गर्नुपर्ने उनको भनाइ छ।नेपालमा थुप्रै समस्या छन् जो समस्या भयो भन्दैमा काँग्रेस पछी हट्ने होइन् समाधान तिर लाग्ने समेत महामन्त्री थापाले बताए।

अहिले गाउँमा सबै सुविधा पुगिसकेको छ तर गाउँ रित्तिदै गएको उनले बताए।     

कांग्रेस प्युठानको सभापति बिष्णु गिरीको अध्यक्षतामा सम्पन्न सभालाई केन्द्रीय सदस्य डा.गोबिन्द राज पोख्रेल लगायतले सम्बोधन गरेका थिए।

सभाअघि प्युठान काँग्रेसले पञ्चे बाजासहितको र्‍याली निकालेको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्