नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा प्युठान आउने भएका छन्।
नेपाली कांग्रेस प्युठानको आयोजनामा बिशाल आमसभामा थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने नेपाली कांग्रेस प्युठानले जनाएको छ ।
फागुन १२ गते प्युठान नगरपालिका वडा ३ बाल मन्दिर शिवालयमा उक्त कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस प्युठानका सचिव एन पि मगरले जानकारी दिए ।
कार्यक्रममा सबै क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति , पालिका कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीबाट निर्वाचिन जनप्रतिनिधि, भातृ तथा शुभेच्छुक संघका पदाधिकारी र केन्द्रीय सदस्य, जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश र केन्द्रीय विभागीय संयोजक र सदस्य, जिल्ला कार्यसमितिका पूर्व पदाधिकारीहरू लगायत सम्पूर्णलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।