समय : १२:२१ pm | आइतबार , चैत्र ३ गते २०८१

आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न जरुरी छ : मुख्यमन्त्री आचार्य

स्वर्गद्वारी अपडेट | फागुन ७ गते २०८१

भालुवाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा बुधवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जनतानै सार्वभौमसत्ता सम्पन्न भएको र सम्पूर्ण स्रोत जनतामा निहित रहेको बताएका हुन् ।‘जनता सार्वभौमसत्ता सम्पन्न हुन् र सम्पूर्ण स्रोत जनतामा निहित हुन्छ भन्ने मान्यताका आधारमा हाम्रो जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनेछ’मुख्यमन्त्री आचार्यले भने । संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाटै निर्माण भएको बताउँदै, सहिदहरूको सपना र जनताको आकांक्षालाई मूर्तरूप दिन वर्तमान शासन प्रणालीलाई सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धितर्फ केन्द्रित गर्न आवश्यक रहेको उल्लेख गरे ।

नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि भएका आन्दोलन तथा संघर्षमा सर्वोच्च बलिदान दिने अमर सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षहरूमा मार्गदर्शन प्रदान गर्ने अग्रजहरू प्रति उनले उच्च सम्मान व्यक्त गरेका छन् ।
वि.सं. २००७ सालमा जहानियाँ निरङ्कुश राणा शासन विरुद्ध जनताको संघर्षले फागुन ७ गते ऐतिहासिक विजय हासिल गरेको स्मरणमा यो दिवस महत्वपूर्ण रहँदै आएको मुख्यमन्त्री आचार्यले उल्लेख गरेका छन् ।

उनले जनताको एकताबद्ध सामथ्र्यले संसारका जस्तोसुकै निरंकुशतालाई पराजित गर्न सक्ने, साथै हक, अधिकार, मानव अधिकार तथा राजनीतिक स्वतन्त्रता प्राप्त गर्न सकिन्छ भन्ने यथार्थलाई प्रजातन्त्र दिवसले सदा स्मरण गराउने धारणा व्यक्त गरेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्