समय : ०५:३७ am | बिहिबार , मंसिर २६ गते २०८१

बागमती प्रदेशका पर्यटकलाई लुम्बिनी मुख्यमन्त्रीद्वारा स्वागत  

स्वर्गद्वारी अपडेट | मंसिर २६ गते २०८१

देउखुरी।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश भित्रका धार्मिक तथा पर्यटकीय स्थलहरुको भ्रमणमा आईपुग्नुभएका एक सय ४० जना ज्येष्ठ नागरिकलाई स्वागत गरेका छन्।बागमती प्रदेश स्थित लिखु तामाकोशी गाउँपालिका–६ रामेछाबाट लुम्बिनी प्रदेशका पवित्र धार्मिक तिर्थस्थलहरुको भ्रमणमा आउनुभएका ज्येष्ठ नागरिकलाई प्रदेश राजधानी प्रशासनिक परिसरमा स्वागत गरेको हो ।

सो क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश धार्मिक तिर्थाटनको लागि सबैहिसावले उपयुक्त भएको जानकारी दिदै भ्रमणमा निस्कन सबैमा आह्वान गरे । प्रदेश सरकारले लुम्बिनी पर्यटन सर्किटको अवधारणा विकास गरेको जानकारी दिदै गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने हरेक पर्यटकलाई प्रदेश भित्रका अन्य धार्मिक तथा पर्यटकीय स्थलसंग जोडन थालिएको जानकारी दिए।लुम्बिनी प्रदेश ऐहाँसिक, पुरातात्त्विक सम्पदाले भरिपूर्ण रहेकाले आन्तरिक तथा बाह्य पर्यटकहरुको भ्रमणको गतिलो गन्तब्यस्थल बनेको बताए। ‘गौतमबुद्ध जन्मस्थल लुम्बिनी अत्यन्तै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल हो। संगसंगै स्वर्गद्वारी ऐतिहाँसीक, पुरादायित्वक हिवासले महत्वपूर्ण थलो हो । यहाँहरु लुम्बिनी प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणमा आउनु भएकोमा हार्दिक स्वागत गर्दछु’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेश राजधानी स्थापना भएको देउखुरी र दाङ उपत्यका भ्रमण अवस्य गर्नुहोला ।’

लुम्बिनी प्रदेशलाई पर्यटकीय हव बनाउनेगरी प्रदेश सरकारले अघि बढाएको लुम्बिनी पर्यटन सर्किट अभियान प्रभावकारी हुने राप्ती उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जगतप्रसाद पोख्रेलले बताए । पर्यटनमैत्री पूर्वाधार निर्माण गरेर हरेक स्थानलाई सर्किटले जोड्न सक्दा पर्यटकहरुको आवागमन बढ्ने विश्वास व्यक्त गरेका थिए।‘लुम्बिनी प्रदेश सरकारले अघि बढाएको योजनाहरु सार्थक छन् । लुम्बिनी पर्यटन सर्किटलाई अझ व्यापक बनाउन जरुरी छ’पोख्रेलले भने,‘पर्यटकीय क्षेत्र एउटा विकास र सम्भावनाको आधारस्तम्भ हो ।’ लिखु तामाकोशी–६ का वडा अध्यक्ष शिवप्रसाद न्यौपानले हरेक बर्ष वडा भित्रका ज्येष्ठ नागरिकलाई यसैगरी भ्रमण गराउदै आएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्