समय : ०४:२२ pm | आइतबार , माघ ६ गते २०८१

उपनिर्वाचनको मतदान सकियो, आजै मतगणना

स्वर्गद्वारी अपडेट | मंसिर १६ गते २०८१

काठमाडौं । स्थानीय तहका विभिन्न ४१ पदमा जारी उपनिर्वाचनको मतदान सकिएको छ । भोट खसाल्न लाइन लागेकाहरूले भने मत हाल्न पाउने छन् ।

करिब ६२ प्रतिशत मतदान भएको अनुमान छ । थप विवरण आउन बाँकी छ । निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार दिउँसो चार बजेसम्म करिब ६१ प्रतिशत मतदान सम्पन्न भएको थियो ।मतदान सकिएलगत्तै मतगणनाको काम सुरु हुनेछ ।नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको हो ।

निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्