प्युठान।प्युठानको बाग्दुला–मच्छी खण्ड आजदेखि थप २३ दिन बन्द हुने भएको छ।बाग्दुला–मच्छी सडक खण्डको बिभिन्न स्थानहरुमा साँघुरा सडक र मोडहरु चौडा बनाउनको लागि उक्त सडक खण्ड बन्द हुने सडक डिभिजन कार्यालय प्युठानले जानकारी दिएको छ।
सडक बन्द हुने समय बिहान ५ बजेदेखि ९ बजे सम्म,बिहान ११:३० बजेदेखि दिउसों २ बजे सम्म र बेलुका ४:३० देखि अर्को दिन बिहान ९ बजे सम्म बन्द हुने कार्यलयले जनाएको छ।
सडक खुल्ने समय बिहान ९ बजेदेखि ११:३० सम्म र दिउसों २ बजे देखि बेलुका ४:३० बजे सम्म सडक खुल्ने सडक डिभिजन कार्यालय प्युठानका सुचना अधिकारी कमल पुनले बताए।