समय : १२:४१ am | सोमबार , मंसिर २३ गते २०८१

प्रचण्डको भनाईप्रति एमालेको आपत्ति

स्वर्गद्वारी अपडेट | मंसिर २ गते २०८१

काठमाडौँ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली प्रति लाञ्छना लगाएको भन्दै नेकपा (एमाले)ले आपत्ति जनाएको छ । एमाले परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले विज्ञप्ति प्रकाशित गरी माओवादी अध्यक्ष प्रचण्डले १४ नोभेम्बरमा भारतबाट प्रकाशित हुने द हिन्दुसँगको अन्तर्वार्तामा एमाले अध्यक्ष केपी ओलीले चाइना कार्ड प्रयोग गरेको टिप्पणीप्रति आपत्ति जनाउनुभएको हो ।

प्रचण्डको अभिव्यक्तिले परराष्ट्र नीतिमा गहिरो चोट पु¥याउने कार्य गरेको विज्ञप्तिमा लेखिएको छ । प्रचण्डको भनाइले नेपालले आफ्ना दुई मित्र छिमेकी भारत र चीनसँग कायम राखेको सन्तुलनलाई कमजोर बनाउने एमालेको ठहर छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्