समय : ०९:१३ am | शुक्रबार , पौष १२ गते २०८१

प्यूठानमा नाचियो डल्ले सराएँ नाच

स्वर्गद्वारी अपडेट | कार्तिक १९ गते २०८१

प्युठान।ऐतिहाँसिक महत्व बोकेको डल्ले सराय मेला यस वर्ष पनि थप नयाँ आकर्षकका साथ सम्पन्न भएको छ।प्यूठानको प्यूठान नगरपालिका ७ पुण्यखोलामा भएको ऐतिहासिक तथा सांस्कृतिक डल्ले सराय मेला लुम्बिनी प्रदेश सरकारका शहरी बिकास तथा खानेपानी मन्त्रालयका मन्त्री सरोज थापा(रोज राणा)ले २०८१ उद्घाटन गरेका हुन्।

मन्त्री थापा(रोज राणा)ले मौलिक मेला पर्वहरुको निरन्तरता र संरक्षणका लागि आफुले भरपुर सहयोग गर्ने प्रतिबद्ध गरेका छन।

तेह्रौं शताब्दीमा जनतामाथि क्रूर शासन गरिरहेका भित्रीकोट राज्यका जाड राजालाई जनताको सहयोगमा चन्द राजाले लखेटेर मारेको किवदन्तीका आधारमा जनताको जीतको बिम्बको रुपमा तरवारसहित लडाइँको अभिनय गरेर नाचिने सराय नाचको प्रतिष्पर्धासहित यो मेला सन्चालन गर्ने गरिएको छ ।

प्युठानका स्थानीय सुशील पोखरेल त्यतिबेला जाट राजालाई जसरी मारियो त्यसैको खुसीयालीमा त्यसकै अभिनयको रूपमा यो नाच देखाउँदै आएको भन्ने जानकारी पाउएको उनले बताए।युवापुस्ताले सही ढंगले यसको ऐतिहासिक पक्षको खोजविन गर्नुपर्ने आवश्यकता रहेको समेत पोखरेल बताउछन।

पश्चिम क्षेत्रमा र खासगरी मगरात क्षेत्रमा तत्कालीन सेनाले प्रयोग गरेका हतियारको रुपमा प्रयोग गरेका ढाल, तरवार र खड्गको प्रदर्शन गरेर यो मेलामा स्थानीय साहस देखाउने गर्दछ्न । यो वर्ष विभिन्न मौजाका नौ समूहले प्रतियोगितामा भाग लिएका छन्।

पहिले परम्परागतरुपमा मनाइँदै आएको डल्ले सराय नाच पछिल्ला केही वर्षदेखि प्रतियोगितात्मक समेत हुन्छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्