समय : ०८:२४ am | आइतबार , भाद्र २३ गते २०८१

झिमरुकमा एक किशोरी बलात्कृत

स्वर्गद्वारी अपडेट | वैशाख ३ गते २०८१

प्युठान।झिमरुक गाउँपालिकाकी १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन। सोहि पालिकाकै एक युवक जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ समेत परेका छन्। झिमरुक गाउँपालिका-७ का २६ वर्षीय एक युवकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। 

ती किशोरीलाई शनिबार राति ललाई फकाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ओखरकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी कृष्ण रानाले जानकारी दिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्