समय : ०८:०५ am | आइतबार , भाद्र २३ गते २०८१

नयाँ वर्षको दिन माण्डवी महोत्सवमा धुर्मुस सुन्तलीको प्रस्तुति

स्वर्गद्वारी अपडेट | चैत्र ३० गते २०८०

प्युठान।चैत्र २९ देखि सुरु भएको प्रथम प्युठान माण्डवी कृषि पर्यटन ब्यापार तथा साँस्कृतिक महोत्सवमा चर्चित कलाकार  सिताराम कट्टेल 'धुर्मुस' र कुन्जना घिमिरे 'सुन्तली' को प्रस्तुत रहने आयोजकले जनाएको छ। नँया वर्ष २०८१ बैशाख १ गते हास्यब्यंग जोडीको माण्डवी महोत्सवमा प्रस्तुति रहने आयोजकको भनाई छ।  

'कृषि पर्यटन साँस्कृतिक र ब्यापार समुन्नत प्युठान माण्डवी आर्थिक विकासको मूल आधार' नारा सहितको प्रथम प्युठान माण्डवी कृषि पर्यटन ब्यापार तथा साँस्कृतिक महोत्सव संचालन गरिएको हो।चैत्र २९ देखि सुरु भएको वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ।

वर्षौपछि स्टेजमा फर्किएका उनीहरूलाई देख्नको लागि उल्लेखनीय संख्यामा दर्शकहरुको उपस्थित हुने त्रिबेणी सामुदायिक ग्रामिण संस्थाको अध्यक्ष एवंम् माण्डवी महोत्सव आयोजक रामचन्द्र पौडेलले बतए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्