बिग्रेको राजनीतिले युवाको संकट नहोस्
लेखकः लवकुमार अधिकारी
नेपाल युवाले भरिएको तर नेतृत्वमा युवा नरहेको देश हो । भनिन्छ – ‘युवामा उर्जा र वृद्धमा अनुभव हुन्छ । त्यो उर्जा र अनुभव दुवैलाई जोड्न मात्र सकियो भने देश विकास र समृद्ध बन्छ । युवा भनेको देशको अनमोल, अनन्त शक्ति हो । देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो ।’ माक्र्सले –‘युवाहरु हो १ जिते संसार छ, हारे केही पनि छैन भनेर जित्नका लागि संसारभरका युवा वर्गमा आव्हान गरेका थिए ।’ वास्तवमा, युवाहरू नै राष्ट्रको परिवर्तनगामी शक्ति हुन् । त्याग, निष्ठा, बलिदान र नव–निर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरू राष्ट्रको अमूल्य निधि एवम् उदयीमान् शक्ति मानिन्छ । यी कुरा कुनै कार्यक्रममा दिइने प्रवचन र भाषणमा मात्र सीमित हुँदै आएको सर्वविदितै छ ।
युवा राजनीतिकमा आउन नचाहेको पनि होइनन् । राजनीति फोहोरी खेल हो भन्दै पन्छिने युवाको जमात पनि छ । पछिल्लो समय हेर्ने हो भने, केही युवाहरु स्वतन्त्र रुपमा उभिएर देशकै ठूलो महानरपालिकामा पनि नेतृत्व गरिरहेका छन् । तर दलगत चस्मा र स्वार्थका आँखाबाट केही माथि उठेर हेर्दा अहिलेका नेताहरु प्रायः गुटमा रमाउने, एक अर्कालाई पदकै लागि धोका दिने, सत्ता जोडका लागि आफूलाई फाइदा हुन्छ भने कहिले कोसँग–कहिलेकोसँग जोडिने परम्परा छ । त्यो नै नेपालि राजनीतिकमा युवाहरुलाई मुख्य चुनैती रुपमा देख्न सकिन्छ । मुख्य त बेरोजगार युवाहरुलाई रोजगारीमा अग्रसर गराउनु पहिलो दायित्व स्थानीय सरकारको भूमिका पनि हो । तर यहाँ स्थानीय तहको सरकार फेरिएसँगै कर्मचारी फेर्ने प्रचलन पनि देख्न सकिन्छ । आफ्नै पार्टी निकटको कर्मचारीले स्थानीय तह मात्र नभई तिनै तहमा यस्तो प्रवृत्ति देखिन्छ । यो पनि युवा वर्गहरुलाई एक प्रकारको चुनौती हो ।
स्थानीय तहको ५ वर्ष बितिसक्दा र नवनिर्वाचित जनप्रतिनिधिसम्म आइपुग्दा विगतलाई हेर्ने हो भने, रोजगारमूलक व्यवसायिक तथा सीप विकास शिक्षा र तालिमको वृद्धि, वैदेशिक रोजगारबाट प्राप्त सीप, अनुभव र पुँजीको उत्पादन क्षेत्रमा प्रयोग गर्नु पर्ने देखिन्छ । र, आन्तरिक रोजगारमा युवाहरुलाई अग्रसर गराउने, क्षमता विकास स्वरोजगार, रोजगार र आय आर्जनमा सहभागिता गराउने, बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय गरी सहज लोन प्रक्रिया गर्ने यी दायित्वहरु तिनै तहमा पर्दछन् । तर, स्थानीय तहहरुलाई सम्पूर्ण अधिकार दिएसँगै यस्ता विषयहरुमा चासो भने देखिएको छैन । राजनीतिक आरक्षणमा मौलाएको गुन्डाकर्दी, भ्रष्टचार, ठेकेदारको लापर्बाही, सरुवा बढुवा तथा सामाजिक अपराधमा राजनीतिक संरक्षण जस्ता क्रियाकलापले युवा र शिक्षित वर्गलाई राजनीतिप्रति दिनप्रतिदिन विष्तृणा फैलाइरहेको छ । जसले गर्दा युवाहरुमा नैरास्यता र बाध्यामक परिस्थितिले विदेशिनु पर्ने अवस्था प्रस्ट देख्न सकिन्छ । नेपालमा रोजगारीको सम्भावना नभएर उर्जाशील, गतिशील, श्रमशिल युवाहरु बिना काम बस्न बाध्य छन् । सृजनशील युवा पार्टीमा शक्ति प्रदशन गर्ने ढाल बनेका छन् । देश यसरी अस्थिर हुनुको प्रमुख कारण युवा बेरोजगार नै हो । यसरी युवाहरुलाई सदैब पछाडि छाडिनु र तिनको मुद्दाको सुनुवाइ नहुनुको प्रमुख कारण मुलधारको नेपाली राजनीतिमा सशक्त युवाहरुको प्रतिनिधित्व नहुनु नै हो ।
अहिलेको हाम्रो पुस्ताको युवाहरुले सोंचेको, हामीले यस्तो भविस्यको परिकल्पना गरेका छांै । हाम्रो भिजन यस्तो छ, यसरी गयौ भने रोजगार दिन सकिन्छ, नीति नियममा भएका कमिकजोरीहरुलाई यसरी पुनःसंशोधन गरौं, भनेर मूलधारको नेतृत्वलाई सुनाउने, उनीहरुको कुरा गम्भीर रुपमा लीइदिने राजनीतिक नेतृत्वबिरलै छ । जो क्षमता भएका, केही गरौं भन्ने नेतृत्व बहुसंख्यक युवाहरुको पहुँचबाट टाढा छन् । धेरै समय वैदेशिक रोजगारबाट विश्राम लिएर नेपाल फर्किएका केहि युवाहरु अब नेपालमै केही गरौं, जे गरिन्छ नेपालमै गर्ने, उतै मर्ने, अब विदेशको भूमिमा आफ्नो उत्पादनशिल उमेर खेरा नफाल्ने, सानो व्यवसाय भए पनि गर्ने नेपालमै रमाउने, थोरै लगानी भए पनि परिवारसँग रमाउने, त्यो सोचाई लिएर फर्किएका केही युवाहरु नेपालको महँगी, सरकारी कार्यालयको सिस्टम, हरेक क्षेत्रमा भएका बेतिथि÷विसंगति मौलाउँदै गइरहेको अवस्था, प्राइभेट स्कुलहरुको चर्को शुल्क, अनियन्त्रित सवारी लेन, वातावरण प्रदुषण, हरेक क्षेत्रमा प्रयोग हुने राजनीतिकबाट वाक्क(दिक्क भएर पुनः वैदेशिक रोजगारको गन्तब्य तय गर्न बाध्य छन् ।
अब पनि युवा नेतृत्व निर्माणमा लगानी गरिएन भने, युवाको क्षमता परीक्षण भएन भने, युवालाई आन्दोलनमा मात्र प्रदर्शन गर्ने हो भने, युवाहरुको सहभागिता शून्य भयो भने, युवालाई राजनीतिक हस्तक्षेप हुने हो भने, अबको १० वर्षभित्रमा युवाहरुको खडेरी पर्छ । युवा खडेरी हुने नै देश संकट हुनु हो ।
लेखक रेडियो स्वर्गद्वारी एफ एम प्यूठानका स्टेशन म्यानेजर हुन् ।