समय : ०६:२१ pm | बिहिबार , असाेज ३० गते २०८२

न्यायिक छानबिन गर्न सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

अहिलेको सरकारले आँट गरेर छानबिन गर्ने हो भने को–को दोषी हुन् भन्ने देखिनेछ,” उनले भने,

स्वर्गद्वारी अपडेट | असाेज ४ गते २०८२

दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन तथा त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारलाई आग्रह गरेका छन्।

शनिबार अर्घाखाँचीमा नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले न्यायिक छानबिन आयोग गठन गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए । “अहिलेको सरकारले आँट गरेर छानबिन गर्ने हो भने को–को दोषी हुन् भन्ने देखिनेछ,” उनले भने, “न्यायिक छानबिन गरेर दोषीलाई कानुनी कारबाही गर्न सरकारले हिम्मत गर्नुपर्छ ।” आचार्यले आन्दोलनका नाममा भएको अराजकताबारे पनि समीक्षा गर्न आवश्यक रहेको बताए ।

उनका अनुसार मुलुकलाई २० वर्ष पछाडि धकेल्ने गरी विषम परिस्थिति सिर्जना भएको र यस्तो अवस्थामा पार्टी तथा नागरिकबीच सहकार्य अपरिहार्य छ । त्यस क्रममा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन लिपुलेकमा चीन–भारतबीच भएको सम्झौतामार्फत षड्यन्त्र गरिएको दाबी पनि गरे ।

“लिपुलेक सम्झौतामा समर्थन गरेर मौन बसेको भए ओलीको सरकार अपदस्त हुने थिएन,” उनले भने, “यो घटना अलि पहिलेदेखि नै योजनाबद्ध भएको रहेछ, अब सबै कुरा खुल्दै जानेछन् ।”

बैठक सन्धिखर्क नगरकमिटीका अध्यक्ष कुशल भुसालको अध्यक्षतामा तथा पार्टी केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्