समय : ०३:१० pm | बिहिबार , श्रावण १ गते २०८२

प्युठानमा धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु 

हत्यारा भनिएका लीला बहादुर बराल प्रहरीको नियन्त्रणमा छन्।

स्वर्गद्वारी अपडेट | असार ३१ गते २०८२

प्युठान।धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ।प्युठानको सरुमारानी गाउँपालिका-३ गोठेरीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

२८ वर्षीया रुकमनी बरालको घाँटी रेटी हत्या भएको हो।घटनामा संलग्न रहेको आरोपमा रुकमनीका पूर्व-पति ऐरावती गाउँपालिका -२ कात्तिकेका ३० वर्षीय लीला बहादुर बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।स्थानीय दलित महिला सदस्य आशा विकले दिएको जानकारी अनुसार मंगलबार बिहान करिब १०:१० बजेको समयमा रुकमनी बराल सरुमारानी गाउँपालिका-३ गोठेरीस्थित डिला परियारको घरमा बसिरहेको अवस्थामा उनका पूर्व-पति लीला बहादुर बरालले एक्कासी चक्कु प्रहार गरी घाँटी रेटेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बडडाँडा प्युठानबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ जनाको टोली र ईलाका प्रहरी कार्यालय बिजुवार प्युठानबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमान्डमा सोको (SOCO) सहित ५ जनाको टोली घटनास्थलमा खटिएको थियो।प्रहरी श्रोतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

   

यो पनि पढ्नुहोस्