समय : ०५:३३ am | बिहिबार , मंसिर २६ गते २०८१

झिमरुक गाउँपालिका उपाध्यक्ष प्रहरी हिरासतमा

स्वर्गद्वारी अपडेट | मंसिर २४ गते २०८१

प्युठान।जिल्लाको झिमरुक गाउँपालिकाका उपाध्यक्ष यतिबेला प्रहरीको नियन्त्रणमा छन्।जातीय छुवाछूत गरेको आरोप लागेका उपाध्यक्ष प्रमोद पोख्रेललाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो।

झिमरूक-६ का रेशम सुनारले जातिय छुवाछूत गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्यूठानमा उजुरी दिएपछि पोख्रेल फरार रहेका थिए।सोहि पालिकाको भे १ च ३९९३ नम्बरको गाडी चालक रहेका सुनारले आफूलाई पोख्रेलले जातीय छुवाछूत गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मंसिर ४ गते उजुरी दर्ता गरेका थिए ।

सुनार गाउँपालिकाले भाडामा लिएको उक्त जिपका चालक हुन् ।जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भएका पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएर अदालत पेस गरेको र आइतबार मुद्दाको टुंगो नलागेकाले प्रहरी हिरासतमै राखिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जनाए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्