समय : १०:०४ am | शुक्रबार , कार्तिक २ गते २०८१

चाडपर्वलाई लक्षित गर्दै प्युठानका ४ स्थानमा यात्रु सहायता कक्ष

लव कुमार अधिकारी | असाेज २२ गते २०८१

प्युठान।नेपालीहरुको महान पर्व बडा दसैं, दिपावली, छठ पर्वलाई लक्षित गर्दै प्युठानका  ४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।चाडपर्वको समयमा हुने भिडभाड व्यवस्थित गर्न पर्यटक र आम नागरिकलाई अनावश्यक हैरानी/झण्झट तथा लुटिनुपर्ने बाध्यात्मक परिस्थितिबाट मुक्त गर्ने उद्देश्यले यात्रुहरुको सहयोगका लागि प्युठानका  यी स्थानमा सहायता कक्ष स्थापना गरिएको हो।

सरुमारानी गाउँपालिका-२ ढुंगेगढी, माण्डवी गाउँपालिका-३ जस्पुर,प्युठान नगरपालिका-४ जुम्री र प्यु न.पा -८ बाग्दुलामा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी केशव केसीले जानकारी दिए।      

चाडपर्वको समयमा धेरै दुर्घटनाहरु हुने गरेको विगतको तथ्याङकलाई मध्यनजर गर्दै   नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाले बिजुवारमा सवारी दुर्घटना नियन्त्रण सम्बन्धी  संयुक्त अभ्यास गरिएको सुचना अधिकारी केसीले बताए।चाडपर्वको समयमा भिड्भाड बढि हुँदा नागरिकले वसपार्कहरुमा अनेक समस्या भोग्ने, सवारी चाप र चालकको लापरबाही पनि यही बेला बढि देखिएको पाइएपछि न्यूनिकरणका लागि एकीकृत सेवा स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय प्युठानका प्रमुख सरोज केसीले बताए। 

प्यूठान नगरपालिकाको जुम्रीमा ‘यात्रु सहायता कक्ष’ उद्घाटन गर्दै  जिल्ला प्रहरी कार्यालय प्यूठान प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले चाडपर्वको अवसरमा कुनै पनि यात्रुहरु ठगिनबाट जोगिन तथा समस्या परेमा प्रहरीहरुलाई खबर गर्न समेत आग्रह गरेका थिए।चालकहरु सचेत भयौं भने धेरै दुर्घटना नियन्त्रण हुने हुदा चालकहरु सचेत भई सुरक्षित रुपमा यात्रा गराउदा व्यवहार र बोलीमा पनि नम्रता ल्याउनु पर्ने नायव उपरीक्षक बस्यालको भनाई छ।

चाडपर्वको बेला बाह्य र आन्तरिक यात्रुको आवागमन सुरक्षित गर्ने/गराउने, यात्रुहरुलाई गन्तव्यमा सुरक्षित रुपमा पुर्याउने जिम्मा लिनुभएका चालक र सह–चालकको पेशाप्रतिको सम्मानको भावना जागृत गर्ने/गराउने, नागरिकको सुरक्षित यात्रा सुरक्षित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी समिति र सरोकारवालाहरुको जिम्मेवारी बोध गर्ने/गराउने नेपाल प्रहरी र  ट्राफिक प्रहरीको पहलमा सहायता कक्ष स्थापना गरिएको छ।

गलत क्रियाकलापलाई रोक्न नागरिक/यात्रु सहायता कक्षले सहयोग गर्नेछ भने भाडादर, यात्रामा कर्मचारीबाट दुर्व्यवहार भए/नभएको एउटै टिकट एक भन्दा बढी यात्रुलाई बेचेमा, चोरी वा लुटपाट भएमा सहायता प्रदान गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्