प्युठान।सडक डिभिजन कार्यालय प्युठानले एक वर्षको अवधिमा रोल्पा र प्युठानमा गरि १०.१२ किलोमिटर सडक कालोपत्र गरेको छ ।
प्युठान र रोल्पामा गरी आर्थिक वर्ष २०८०/०८१ मा सडक कार्यालयले आफूमातहतका विभिन्न सडक योजनाअन्तर्गत १०.१२ किमी नयाँ कालोपत्रे सडक निर्माण गरेको सडक डिभिजन कार्यालय प्रमुख ई.राजीव श्रेष्ठले बताए।
कार्यालयले ग्राभेल सडक निर्माण २.७ किमी,नयाँ ट्रायक निर्माण १२.२ किमी,ट्रयाक चौडा गर्ने कार्य १.२ किमी र राजमार्ग आवधिक मर्मत २.५ किमी गरेको सडक डिभिजन कार्यालय सुचना अधिकारी ई.राजेन्द्र कार्कीले जानकारी दिए ।