समय : ०२:०९ pm | शनिबार , श्रावण १२ गते २०८१

जनताका समस्या बुझ्न प्युठानमा ‘समुदायमा काँग्रेस अभियान’

स्वर्गद्वारी अपडेट | माघ २० गते २०८०

प्युठान।नेपाली कांग्रेस प्यूठानले ‘समुदायमा कांग्रेस अभियान’  जिल्लाका नौ वटै  पालिकामा शुक्रबार सम्पन्न गरेको छ।प्यूठानको गौमुखी, झिमरुक, मल्लरानी, ऐरावती, नौबहिनी,सरुमारानी,माण्डवी गाउँपालिका,प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिका स्तरिय कार्यक्रम सम्पन्न भएको नेपाली कांग्रेस प्यूठानले जनाएको छ।

प्यूठानमा अभियान सञ्चालनका लागि केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ खटेर आएका छन्।जिल्लाका सबै स्थानिय तह सम्म पुगेर कार्यक्रमको रणनैतिक उद्देश्यबारे जानकारी गराएको नेपाली काँग्रेस प्युठानका सभापती बिष्णु कुमार गिरीले बताए।उनले भने - ' माघ २३ गते जिल्लाका ६४ वटै वडामा समुदाय स्तरमै पुगेर पार्टीका कार्यकर्ताहरू र स्थानीयको गुनासो र सुझाव लिने सभापती गिरीको भनाई छ।

संवाद यात्रामा  जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) गरि अभियान सञ्चालन गर्न सबै जिल्ला कार्यसमितिलाई केन्द्रीय समितिबाटै परिपत्र गरिएकोछ।

जिल्लाका स्थानिय तह र वडा स्तर सम्मको यो अभियानमा जोडिएर कार्यक्रम प्रभावकारी बनाउन प्यूठानमा भातृ तथा शुवेच्छुक संगठनहरुलाई पनि पार्टीले निर्देशन गरेको बताईएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति बैठकले जिल्लाका नौ वटै स्थानिय तह र वडा सम्म समुदायमा कांग्रेस अभियान सञ्चालनका लागि नेताहरुको जिम्मेवारी सहित खटाएको हो।

अभियानको क्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य एवम् प्रतिनिधि मदनकृष्ण श्रेष्ठ,नेपाली कांग्रेस केन्द्रिय पुर्व उपसभापति विमलेन्द्र निधि,लुम्बिनी प्रदेश सह-महामन्त्री माननीय निमा गिरी,जिल्ला सभापति बिष्णु कुमार गिरी,लुम्बिनी प्रदेश सरकार उद्योग तथा यातायात मन्त्री रोज राणा,प्रदेश सभा माननीय धनलक्ष्मी श्रेष्ठ,पुर्व सभापतिहरु,पदाधिकारी,पुर्व पदाधिकारीहरु लगायत सबै तहका नेता तथा कार्यकर्ताको उपस्थितिमा शुक्रबार सप्पन्न भएको हो।

‘समुदायमा कांग्रेस अभियान’  माघ २३ गते सम्पुर्ण वडामा र माघ २६ गते जिल्लामा समापन हुनेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page