ए कथित देश बनाउँछौ भन्ने हरु हो
एक छिन त पर्खिदेऊ .....
तिम्रा स्वार्थ,दम्भ,मापाईत्वको भारी
एक छिन त विसाई देऊ ...
धिक्कार छ तिमी सबैलाई
ती निर्दोष लाश देखेर पनि
गल्ती महसुस भएन.......
ती barricade मा रगताम्य
कोपिलाहरुले पनि तिम्रो मन रसायन .....
एक छिन त पर्खीदेऊ..
त्यी अबोधहरुको रगतले
सिन्चिएको जमीनमा .......
आशाको बीउ
अंकुरित हुन त देऊ ......
एक छिन त पर्खी देऊ
काख शून्य भई मुर्छित आमालाई
होसमा आउन त देऊ....
सिरको टोपी फुकालेका बाबु लाई
टोपी लगाउन त देऊ ....
चिताको आगो सेलाउन त देऊ....
ए खाना पल्किएकाहरु
एक छिन त पर्खी देऊ .....
ती गोली लागेका कमलो शरीरमा
खाटा त बस्न देऊ ......
मासु त पलाउन देऊ .....
आँखा बाट बगिरहेका
आँसु
थामिन त देऊ .....
ए कथित देश बनाउँछौ भन्नेहरु ...
जनताको लागि बलिदान दिएँ भन्नेहरु ....
आँखा खोल उज्यालो हुँदै छ
त्यही प्रकाश र तापले
तिमी लुक्न बाध्य हुने छौ .....
एकछिन त नभुकी देऊ ....
सारा देश रोएको छ ....
एक छिन त पर्खी देऊ ....
महसुस त गर
तिम्रा गल्तीहरु....
सिर निहुराएर.....
आँखा झुकायर ....
भनी त देऊ
हो गल्ती भयो हामी बाट .....
होइन भने
आक्रोश सान्त मात्र भएको हो
मरी सकेको छैन ...
टाउकोमा गोली खाएका नाबालक
अझै आँखा अगाडि घुम्छन्
स्मृति हराई सकेको छैन.......
आँखा रोए पनि
आशाको झिल्को उठेको छ ....
चेतनाको बिगुल फुकियको छ ....
सुनौलो बिहानी हुँदै छ ....
ब्वाँसोहरु देखिने छैनौ घाम झुल्किए पछि
एक छिन त पर्खी देऊ ...
हतार नगर ...
एक छिन त पर्खी देऊ .....
#अजित पौडेल, प्युठान