समय : १०:१९ am | बुधबार , फागुन २८ गते २०८१

हिड्दा बेग ढिलो भएपनि-जगत प्रसाद पोख्रेल

स्वर्गद्वारी अपडेट | माघ २६ गते २०८१

हिड्दा बेग ढिलो भएपनि त्यो लक्ष्यमा पुग्दछ

फेदैमा डरले बस्यो  भने त्यो उदेश्यमा चुक्दछ ।

रविको तेजकै क्षण बादल लागेर

सक्दैन टिक्न ध्रुव छ सत्य त्यो जान्छ भागेर ।

स्वीकार्यले बाच्छ अजम्बरी बनि कुकार्यले मर्छ सधै जिएपनि

जाँदा मरेर संगै जान्न कोहि पनि हुँदैन कलंक जसो गरेपनि ।

धनै भए पनि कत्ति रहन्न होसमा घमण्डले क्यै क्षण बित्छ भोजमा

के न्याप्यौ खै सबहरु मानिने ऐनको कागजमा ।

नारामा मात्र देखि हाल्यौ प्रतिफल जनमा के छ

जन्मेमात्र शिरतिर पुग्ने यै चलेको छ आज ।

त्यसको यस्तै प्रतिफल मिल्दा मासियो यो समाज

अन्यायकै जड खत्तम गरि न्याय गर्न बसेका ।

छक्का पन्जा सबतिर हुन गई समाजलाई डसेका

खाए बाबा घिउ उनले पुत्र सुग्छन हात ।

जन्मे र मात्र हुँदैन घरतिमा मर्नु अवस्य छ यो

गरेर खान छ जीवनमा हाम्रो बाचुन्जेल मात्र हो ।

-जगत प्रसाद पोख्रेल

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्