समय : १२:३० am | शुक्रबार , मंसिर ६ गते २०८१

सेनाको गोली लागेर एक पत्रकारको मृत्यु

स्वर्गद्वारी अपडेट | वैशाख २८ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ । इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल र प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली लागेको अल जजिराले जनाएको छ । सेना र प्यालेस्टिनी बन्दुकधारीबीचको झडपको क्रममा उनी मारिएको हुनसक्ने इजरायली सेनाले जनाएको छ । आक्रमणमा अर्का पत्रकार घाइते भएका छन् । उनको अवस्था स्थिर छ । अक्लेह अल जजिराको अरबी समाचार सेवामा एक प्रमुख व्यक्तित्व थिइन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्