वाषिर्क ठूलो परिमाणमा कच्चा पदार्थ आयात गरेर नेपाल र भारतीय बजारमा नेपाली उद्योगीले पाम तेल बिक्री गर्दै आइरहेका छन् ।
अन्तर्राष्ट्रिय कारणहरुले गर्दा तेलको आपूर्ति व्यवस्था खराब अवस्थातर्फ पुगेको मुन्दडाको भनाइ छ । तेल आयातको सबै स्रोत मुलुकमा समस्या देखिएको उनले बताए ।
‘युक्रेनमा युद्ध छ, मलेसियामा तेल पाइएन, इण्डोनेसियाले पाम निर्यातमा रोक लगायो,’ मुन्डाले भने ‘अहिले हामीहरु कामबिहिन भएका छौं ।’
उद्योगीहरुले कच्चा तेल खरिदका लागि गरेको विभिन्न प्रयास पनि असफल भएको उनको भनाइ छ । कच्चा अन्य खाने तेलसहित पामको आयात ठप्प हुँदा २० वटा उद्योगले गर्ने प्रशोधन र निर्यात प्रभावित भएको उद्योगीहरुले बताएका छन् ।
वीरगञ्ज र विराटनगरमा गरेर मुलुकभर २० वटा तेल उद्योगमा ५० अर्ब लगानी रहेको र त्यहाँ ८ हजार मानिसले प्रत्यक्ष रोजगारी पाएको मुन्डाले दाबी गरे ।
विराटनगरममा रहेको पशुपति बिस्कुट उद्योगकाअ नुसार पछिल्लो तीन दिनदेखि इण्डोनेसियाले पाम तेल निर्यातमा रोक लगाएको छ । जसको असर बिस्कुटको उत्पादनमा पर्ने उद्योगका फाइन्यान्स प्रमुख रिसब चौधरीले बताए ।
‘विस्कुटका लागि पाम तेल नभई हुँदैन, आयात ठप्प हुने अवस्था सिर्जना भएको छ,’ चौधरीले भने ‘अब तेलको मूल्य भन्दा पनि उपलब्धता उद्योग सञ्चालनका लागि महत्वपूर्ण भएको छ ।’
चाउचाउ, बिस्कुट र साबुन उद्योगमा संकट
नेपाल वनस्पती घ्यु तेल उत्पादक संघकाअनुसार नेपालमा खाने तेल बाहेक औद्योगिक प्रयोजनमा वाषिर्क साढे २ लाख मेटि्रकटन पाम तेलको खपत हुन्छ । चाउचाउ, बिस्कुट, साबुन उद्योग र रेष्टुरेन्टमा पाम तेलको प्रयोग अधिक हुने संघको भनाइ छ ।
पाम तेलको विकल्पमा पाम तेल मात्रै हुने भएका कारण यसको उपलब्धता निकै महत्वपूर्ण भएको उद्योगी चौधरी बताउँछन् । बिस्कुटमा पाम तेल नभए यसको गुणस्तरमै समस्या हुने पनि उनले बताए ।
बिस्कुट मात्रै नभइ साबुन उद्योगलाइ पनि पाम तेल अभावले पिराल्ने चौधरीको भनाइ छ । ‘साबुन उद्योग चलाए दिनमा २ लाख घाटा नचलाए एक लाख घाटाको अवस्था छ,’ चौधरीले भने । ‘अन्य उद्योगमा पनि समस्या आउँदैछ ।’
चालु आर्थिक वर्षमा पाम र खाने तेलको कारोबार
चालु आवको चैतसम्म ३३ अर्ब ६१ करोड रुपैयाँ बराबरको २४ करोड ७८ लाख लिटर पाम कच्चा तेल नेपाल भित्रिएको थियो । जुन आयात परिमाण फागुन महिनाको भन्दा ६६ हजार लिटरले मात्रै बढी हो ।
गत महिना २४ करोड १२ लाख लिटर पाम तेल नेपाल भित्रिएको थियो । जबकी चैतमा ३३ अर्ब ६१ लाख रुपैयाँ बराबरको १७ करोड ७५ लाख लिटर पाम तेल नेपालबाट निर्यात निर्यात भएको भन्सार विभागले जनाएको छ ।
यता यो अवधिमा ४५ अर्ब ६५ करोड मूल्य बराबरको २८ करोड २३ लाख लिटर सोयाबिन तेल नेपाल भित्रिदा आयात भएको थियो भने ४३ अर्ब ३० करोड मूल्यको १७ करोड ८७ लाख लिटर सोयबिनको प्रशोधित तेल नेपालबाट निर्यात भएको थियो ।
यस्तै १६ अर्ब ९१ करोड मूल्य बराबरको १० करोड ७ लाख लिटर सूर्यमुखी तेल यस अवधिमा नेपाल भित्रिदा ४ अर्ब ३ करोड मूल्य बराबरको २ करोड एक लाख लिटर सूर्यमूखी तेल नेपालबाट निर्यात भएको थियो ।
इण्डोनेसियाले रोक्यो पाम तेलको निर्यात, खाने तेलको आपूर्ति चक्रमा समस्या
