श्री नं २५ फिल्ड (इन्जिनियरिङ गुल्म) ले १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडक खण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेकाे हाे ।
गएकाे माघ १३ गतेबाट सुरु भएकाे सडककाे निर्माणकार्य वैशाख ७ गते सम्पन्न भएकाे थियाे । कङ्गोमा रहेकाे इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ बेञ्जामिन एलोङ्गा बोनीले सडककाे शुभारम्भ गर्नुभएको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
साथै कार्यक्रममा सहभागी अधिकारीहरुले नेपाली शान्ति सेना गुल्मद्वारा मर्मत गरिएको लिता गाउँको फुटबल मैदानको समेत निरीक्षण गरेको थियो ।
द्वन्द्वग्रस्त देश कङ्गाेमा तैनाथ सेनाले आफ्नो अपरेशनको जिम्मेवारीबाहेक स्थानीय समुदाय लक्षित जनहितकारी कार्य गर्दै आएकाे छ ।