समय : ०५:१४ am | आइतबार , भाद्र २२ गते २०८१

सञ्चारिका समुह प्यूठानको अध्यक्षमा भुसाल

स्वर्गद्वारी अपडेट | असार २९ गते २०८१

प्यूठान । सञ्चारिक समुह प्यूठानको प्रथम भेला प्यूठान नगरपालिका ४ जुम्रीमा सम्पन्न भएको छ । भेलाले राधिका भुसालको नेतृत्वमा ९ सदस्यीय समिति चयन गरेको हो ।
पत्रकार महिलाहरुलाई संगठित गर्ने उदेश्यका साथ भेला भई सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको थियो । जसको सचिवमा सिता वि.क र कोषाध्यक्ष स्मृति घर्तीमगर रहेका छन् भने पदाधिकारी सदस्यहरुमा सिर्जना सेन, भिमकला कुवंर (प्रतिभा), शुसीला बुढामगर, बबिता रिजाल र गोमा बस्नेत रहेका छन् । साथै सल्लाहकारमा दिपा घर्ती र शिवा रेग्मी चयन भएका छन् । उपाध्यक्ष पदमा पूर्ण बैठकले अनुमोदन गरेसंगै सञ्चारिका समुह प्यूठान शाखाले पूर्णता पाउने छ ।
भेलामा सञ्चारिका समुह लुम्बीनी प्रदेशका अध्यक्ष अमृता अनमोल र कोषाध्य उशा किरण पन्तको आतिथ्यता रहेको थियो । भेलालाई सम्बोधन गर्दै अध्यक्षले अनमोलले पत्रकारिता क्षेत्रमा महिला उपस्थिति कमजोर बन्दै गएको विश्लेषण गरेकी थिइन । ‘कर्मचारी, व्यापारि, शिक्षिका, राजनीति लगायतका सबै क्षेत्रमा महिला सहभागीता बढ्दो क्रममा छ ।’ उनले प्रश्न गरिन्–‘पत्रकारिता पेशामा महिला सहभागीता किन घट्दै छ ? र, थप्दै भनिन्– ‘सञ्चारिक समुह मार्फत काम गर्ने पत्रकारहरुलाई संगठित गरेपछि हाम्रो उपस्थिति पनि राम्रै देखिन्छ ।’ सामान्य समाचार लेखेर मात्रै जिविको पार्जन गर्न नसकिने बताउदैं पत्रकारितासंगै कार्यक्रम तथा सुचना संकलनमा समेत प्रतिश्पर्धा गर्नु पर्ने बताइन् । नेपाल पत्रकार महासंघको शुद्धिकरणले विभिन्न कारण देखाई पत्रकार महिला सहभागितालाई झनै कमजोर बनाउन खोजेको अध्यक्ष अमृताले गुनासो पोखिन ।

अध्यक्ष भुसाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाको उपाध्यक्ष पनि हुने भने बुटवलबाट प्रकाशन हुंदै आएको दैनिक लुम्बीनी पत्रिकाको जिल्ला सम्वादमा कार्यरत छिन् भने स्वर्गद्धारी अपडेट अनलाईन पत्रिकाको निर्देशक समेत हुन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्