समय : ०२:५० am | सोमबार , कार्तिक ११ गते २०८१

गौमुखी गाउँपालिकाद्वारा दलित छात्र छात्रालाई नगद सहित सम्मान

सन्तोष सुनार | असार २० गते २०८१

असार २० गते ,प्यूठान । जिल्लाको गौमुखी गाउँपालिकाले बार्षीक स्वीकृत कार्यक्रम अन्तरर्गत कक्षा ५ र ८ मा उत्कृष्ट नतिजा ल्याउने दलित छात्र छात्रालाई एक कार्यक्रका बिच नगद सहित सम्मान गरेको छ ।

विहिबार कक्षा ५ मा ३ जिपिए र कक्षा ८ मा ३.२० भन्दा माथि ल्याउने विद्यार्थीहरूलाई पाँच हजार नगद सहित १८ जना विद्यार्थीहरूलाई सम्मान गरिएको गौमुखी गाउपालिकाका उपाध्यक्ष महावीर रानाले जानकारी दिनुभयो । विद्यार्थीलाई हौषला प्रदान र पढाईमा मेहिनेत गरी अझ राम्रो अङ्क लिएर अगाडी बढुन भन्ने उदेश्यका साथ नगद सहित सम्मान गरिएको उपाध्यक्ष रानाले बताए । पुरस्कार पाउने छात्रछात्राहरू धेरै खुसी हुदै गाउँपालिकालाई धन्यावाद समेत दिदै कडा मेहिनेतका साथ अध्ययन गर्ने बताएका छन ।
कक्षा ८ का सम्मानित हुने विद्यार्थीहरु
बिमल सुनार ३.५९ जिपिए गौमुखी मा .वि .ठुलाबेसी ,अस्मिता विश्वकर्मा ३.५१ ,मनिष परियार ३.४३ ,बिनिता बि क ३.२८,बिपना सुनार ३.५४ ,भृकुटी मा. वि लिवाङ्ग ममता सुनार ३.३६ ,कर्ण ब सुनार ३.३९ , जनजीवन आ .वि बाग्लीबाङ्ग समिर विश्वकर्मा ३.३४ ,अमृत जीवन मा. वि. नारीकोट, सपना बि क ३.२१ ,जनसहयोगी मा .वि .खुङ्ग र प्रदिप दमाई ३.२० गौमुखी आ बि अर्खाका रहेका छन।
त्यस्तै कक्षा ५ तर्फ संगम सुनार ३.०७ जनजीवन आ .वि ,संगीता सुनार ३.०९ ,आशीक बि क ३.०३ जनसहयोगी मा. वि. ,मेनुका सुनार ३.०३,बसन्ता सुनार ३.३९ गौमुखी मा .वि. कमल सुनार ३.६९ सबिन कुमार सुनार ३.३० ने रा प्रा बि जाडागाउँ ,अनिश सुनार ३.५२ जिपिए ने .रा. आ. बि .बुक्तिचौर रहेका छन ।

गौमुखी गाउँपालिकामा गरिब दुखि तथा निमुखा रुपमा रहेका दलित जनजाति तथा अन्य जातजातीका स्थानीयबासीहरुलाई पालिकाबाट आर्थिक र बस्तुहरुमा सहयोग हुने र गराउने गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले बताए । बालबालिका र युबा देशको कर्णधार भएको समेतअध्यक्ष गिरीले बताए ।

त्यस्तै गौमुखी गाउँपालिकाका कार्यपालिका सदस्य तथा समाजिक विकास संयोजक बोम बहादुर सुनारले पछिल्लो क्रममा दलितहरु शिक्षामा जोड दिनुपर्छ भन्ने धेरै पाएको र अझ बढ्नुपर्छ भन्ने धाराण राख्नु भएको थियो । विगतमा शिर निउराएर हिडुनु पर्ने बाध्यता भएता पनि वर्तमान समयमा शिर उठाएर राष्ट्रसेवक भएर उभिएको देख्दा गर्व लागेको समेत बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्