समय : ०२:५० am | सोमबार , कार्तिक ११ गते २०८१

नौबहिनीमा भिरबाट लडेर एक महिलाको मृत्यु

सन्तोष सुनार | असार १९ गते २०८१

असार १९ गते ,प्यूठान । जिल्लाको नौबहिनी गाउपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बुधबार नौबहिनी गाउपालिका ६ की २२ बर्षिय गिता घर्ति मगर रामलोक भन्ने भिरमा घास काट्ने क्रममा भिरबाट ५०–६० मिटर तल खस्दा टाउको फुटेर मृत्यु भएको वडा अध्यक्ष मान बहनदुर केसीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।

मृतक घर्ति घास काट्न कान्छि सासु र नन्दसँग गएकी थिइन । सासुले अल्लि तल , नन्दले छेउमा र मृतक घर्तिले माथि घास काट्दै गर्दा खुट्टा चिप्लेर भिरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष केसीले बताए ।

यो घटना बिहान ७ः३० बजेको हो । घर्तिका घरमा ४ बर्षिय छोरा रहेका छन भने उनको श्रीमान रोजगारीका लागी भारतमा रहेका छन । उनको दाह संस्कार गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्