समय : ०९:०२ am | शनिबार , श्रावण १२ गते २०८१

नेपाली काङ्ग्रेसको २ न.वडा कमिटि बैठकमा उपस्थित नहुनेलाई निकाल्ने

स्वर्गद्वारी अपडेट | माघ २८ गते २०८०

प्यूठान । नेपाली काङ्ग्रेस प्यूठानको प्यूठान नगरपालिका २ न. वडाको वडाकमिटि बैठकमा उपस्थित नहुनेलाई कार्य समितिबाट बर्खास्त गरिने भएको छ ।

शनिवार प्यूठान नगरपालिका २ दाखाक्वाडीमा रहेको वडा कमिटिको कार्यलयमा बैठक बसी आगमी दिनहरुमा बैठक बस्दा वडा कमिटिका पदाधीकारी बैठकमा तिन पटकसम्म उपस्थि नहुनेहरुलाई पदाधिकारीबाट बर्खास्त गरिने निर्णय गरिएको वडा कमिटिका सभापति गंगालाल बिष्टले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए । यो कार्य कसैलाई हस्तक्षेप तथा हटाउनको लागी नभएर सबैलाई सक्रिय बनाई सामाजिक कार्यहरुमा अग्रसर तथा जनसमुदायको समस्याहरुको समधान गर्न उदेश्य अनुरुप बनाएको सभापति बिष्टले बताए । आइतवार झारीबाङका मिन बहादुर खड्का बिरामी रहेको हुदा भेटघात तथा सिघ्र स्वास्थ्य लाभ व्यक्त गर्न जाने बताइएको छ ।

बिष्ट वडा कमिटिको सभापति भईसकेपछि समाजको विकास गर्न सबैदलहररुको समन्वयमा सर्वदलिय समिति समेत बनाएका छन । उनी दाखाक्वाडीका पूर्व गा.वि.स.को अध्यक्ष समेत हुन । त्यसैले विष्ट समुदायको विकासमा अग्रहसर हुदै आईरहेका छन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page