समय : ०२:४२ pm | शनिबार , श्रावण १२ गते २०८१

नौबहिनीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वर्गद्वारी अपडेट | पौष १३ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स प्युठान । जिल्लाको नौबहिनी गउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज शुक्रवारबाट सुरु भएको छ । गाउँपालिका भित्र रहेका माध्यमिक विद्यालय स्तरीय प्रतियोगितामा १० विद्यालयले भाग लिएको जनाएको छ। छात्र तथा छात्रा गरि विभिन्न २४ विधाका कार्यक्रम सञ्चालन भएको नौबहिनी गाउँपालिकाका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख मेघराज बोहराले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आथित्यता रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page