समय : ०५:४८ pm | मङ्गलबार , वैशाख १५ गते २०८३

बजेट अभावमा अस्पताल सञ्चालन गर्न समस्या

लव कुमार अधिकारी | चैत्र २९ गते २०८१

प्युठान।प्युठानको माण्डवी गाउँपालिकामा बनेको १५ शय्याको अस्पताल सञ्चालन गर्न समस्या भएको छ।सङ्घीय सरकारको नीति अनुरुप बनाइएको सो अस्पताल बजेट अभावका कारण सञ्चालन गर्न समस्या भएको हो।

माण्डवी गाउँपालिकाको वडा -३ देबिस्थानमा १५ शय्याको अस्पताल तयार भइसकेको छ।तर पालिकासँग अस्पताल संचालन ल्याउन प्रयाप्त  लागि बजेट छैन।जनशक्ति र उपकरण व्यवस्थापन गर्न बजेट नरहेकाले अस्पताल सञ्चालनमा आउन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकान्त भण्डारीले जानकारी दिए।भवन शुन्दर बने पनि अस्पताल व्यवस्थापन गर्न चुनौती रहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए।

नेपाल सरकारको नीति अनुरुप २०७८ साउन २७ गते गते ठेक्का सम्झौता गरि अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको थियो।भ्याटसहित १७ करोड ६२  लाख १६ हजार ५२१ रुपियाँमा महादेव खिम्ती –आँशु–मल्लरानी जे.भी. बिजुवारले अस्पताल बनाएको छ ।

निर्माण कम्पनीले अस्पतालको निर्माणको काम पूरा गरिसकेको छ।गाउँपालिकाले निर्माण कम्पनीलाई २ करोड ४२ लाख ७० हजार १५५ रुपियाँ भुक्तानी दिन बाँकी रहेको माण्डवी गाउँपालिका इन्जिनियर हेमराज बस्नेतले बताए।

विशेषज्ञ सेवासहित १५ शय्याको अस्पताल सञ्चालन गर्न एक वर्षमा न्यूनतम पाँच करोड रुपियाँ आवश्यक पर्ने स्वास्थ्य शाखा प्रमुख ध्रव कुमार पोखरेलको भनाइ छ।उनका अनुसार स्थानीय तहले मात्र संचालन गर्न नसकिने संघ र प्रदेशको बजेट आवस्यक रहेको समेत शाखा प्रमुख पोखरेलले बताए।    

प्युठानका ९ स्थानीय तहमध्ये ५ स्थानीय तहले १५ शैप्याको अस्पताल निर्माणमा जुटेका छन्। 

यो पनि पढ्नुहोस्