समय : ०३:४१ pm | सोमबार , माघ २८ गते २०८१

प्यूठान नगरपालिकामा २५ सय ६४ किशोरीले एच.पि.भि खोप लगाउँदै

राधिका भुषाल | माघ १४ गते २०८१

प्यूठान । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत एच.पि.भि. खोप अभियान २०८१ सञ्चालन हुने भएको छ । प्यूठान नगरपालिका भित्रका किशोरीहरुलाई पाठेघर मुखको क्यान्सर विरुद्धको (एच.पि.भि.) खोप लगाइने भएको हो ।

यहि माघ २२ गते देखि २९ गतेसम्म स्वास्थ्यकर्मीहरुले नगरक्षेत्र भित्रका विद्यालयमै पुगेर खोप लगाउदै छन्। नगरपालिका भित्रका निजी तथा सरकारी गरी २६ वटा विद्यालयका ६ देखि १० कक्षासम्म अध्ययरत २५ सय ४८ र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुहका १६ गरी २५ सय ६४ जनालाई एच.पि.भि. खोप लगाइने स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले जानकारी दिए । अत्यन्तैे समस्याको रुपमा रहेको पाठेघर मुखको क्यान्सर विरुद्धको खोप भएकाले सबै किशोरीहरुले अनिवार्य खोप लगाउनका लागि प्रमुख घिमिरेले अनुरोध समेत गरे । राज्यले यस पटक ७ देखि १० कक्षामा अध्ययन गर्ने किशोरीका लागि अभियान र ६ कक्षामा अध्ययनरत किशोरीका लागि भने नियमित खोप सञ्चालन गरेको जानकारी दिए । नगरक्षेत्र भित्रका १० वटा वडा मध्ये सबै भन्दा धेरै वडा नंं.८ मा ६ सय २३ र सबै भन्दा कम वडा नं.१ मा १ सय ३५ जना किशोरी रहेको तथ्यांक छ । यो खोप लगाएका ९८ प्रतिशत किशोरीहरुलाई निकट भविष्यमा पाठेघरको मुखको क्यान्सर नहुने तथ्य रहेको घिमिरेको भनाइ छ ।
प्यूठान नगरपालिकाको आयोजना सोमबार भएको पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारीका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । खोप अभियानलाई सफल पर्दै लक्ष्य अनुरुप परिणाम हासिल गर्न सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने नगरप्रमुख विष्णु योगीले बताए । ‘पछिल्लो समय सर्ने रोग भन्दा नसर्ने रोग बढ्दै गएको छ ।’ नगरप्रमुख योगीले भने–‘अभाव र गरिवीले थिचेका देशहरुमा नसर्ने रोग वढि देखिन थालेको छ ।’ नसर्ने रोग न्युनिकरण लागि प्रत्येक वडामा अभिायनकै रुपमा पुगेर सचेनता कार्यक्रम लैजानु पर्ने बताए ।
नगर प्रवत्ता एवं प्यूठान नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले नगरवासी जनसमुदायहरुको स्वास्थ्य प्रति नगरपालिका संवेदनशील रहेको बताउदैं खोप अभियानलाई सफल पार्न सबैले सहयोग गर्न अनुरोध समेत गरेका छन् ।
यो अभियान राष्ट्रव्यापी रुपमा यहि माघ २२ गते देखि फागुन ६ गतेसम्म सञ्चालन हुदैछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्