प्युठान।माण्डवी गाउँपालिकामा एच.पि.भि खोप अभियान सञ्चालन गरिदैछ।माण्डवी गाउँपालिकाको आयोजनामा माघ २२ गतेदेखि ३० गते सम्म अभियान सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ।
सोमबार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा एच.पि.भि खोप अभियान २०८१ को पहिलो चरणमा माण्डवी गाउँपालिकामा एच.पि.भि.खोप लिनेहरुको संख्या करिव १२ सय जना छात्रा रहेको माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोख्रेलले बताए।उक्त कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमको उद्देश्य,महत्त्व र प्रभावकारिताको बारेमा र पाठेघरको मुखको क्यान्सरबाट बच्नको लागी दिइने एच.पि.भी.खोपको बारेमा समेत स्वास्थ्य शाखा प्रमुख पोख्रेलले जानकारी गराएका थिए। विद्यालयको पहुँच भन्दा बाहिर रहेका छात्राहरूले समेत विद्यालय र स्वास्थ्य संस्था मार्फत सेवा पाउने उनको भनाई छ।
एच.पि.भि रोग भन्नाले नेपालमा महिलाहरुमा हुने विभिन्न क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर महिलाहरूको मृत्युको पहिलो कारण रहेको छ।यस्तै नेपालमा महिलाहरूमा हुने विभिन्न क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा पर्दछ ।

नेपालमा प्रत्येक दिन करिब ४ जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।यसै विषयमा आज र भोलि माण्डवी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनुपूर्व खोप दिने सम्बन्धी स्वास्थ्यकर्मीहरुको लागि २ दिने अभिमुखीकरण गोष्ठी संचालन भईरहेको छ।
कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय र विद्यालय नजोने १० देखि १४ वर्ष उमेरका किशोरीहरुको लागि विद्यालयय केन्द्रित खोप केन्द्रहरुबाट एच.पि.भी खोप दिने बताइएको छ।
यो खोप निःशुल्क पाइनुका साथै खोप सुरक्षित रहेको छ भने खोपले जीवन रक्षा गर्ने स्वास्थ्यकर्मीहरु बताउछन्।यो अभियान फागुन ६ गतेसम्म सञ्चालन गरिनेछ ।
माण्डवी गाउँपालिको अध्यक्ष नमराज अधिकरी(रोशन)को अध्यक्षतामा भएको कार्यक्रममा संचारकर्मी,राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि,नेपाल प्रहरी र बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु लगायतका सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
