समय : ०१:४६ pm | शनिबार , श्रावण १२ गते २०८१

दाखाक्वाडीमा गर्भवती र सुत्केरीलाई पौष्टिक आहार वितरण

सन्तोष सुनार | जेठ २ गते २०८१

प्यूठान । जिल्लाको प्यूठान नगरपालिका २ दाखाक्वाडीमा गर्भवतीहरु र सुत्केरीलाई पौष्टिक आहार वितरण गरिएको छ ।

बुधवार प्यूठान नगरपालिका २ दाखाक्वाडीको आयोजनामा वडाभित्र बसोबास गर्ने गर्भवती र ३ महिना सम्मको सुत्केरीलाई पोषण अन्तर्गत पौष्टिक आहार वितरण गरिएको हो । पौष्टिक आहारमा दुई क्यारेट अण्डा र एक हरलेस वितरण गरिएको वडा अध्यक्ष मोहन सिंह बिष्ट क्षेत्रीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।

गर्भवतीहरु र सुत्केरीलाई अण्डा र हरलेसले खानपिनमा सहज र बच्चा राम्रो होस भन्ने उदेश्यले वितरण गरेको वडाअध्यक्ष बिष्टले बताए । वडा कार्यालयबाट पोषण अन्तर्गत समाजमा यस्ता कार्यक्रम गर्दा गर्भवतीहरु र सुत्केरीलाइ खानपिन तथा सन्तुलित भोजन खुवाउनुपर्छ र खुवाउदा आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो हुने सन्देश तथा चेतनाको विकास हुने भएकाले गरिएको वडाअध्यक्ष बिष्टको भनाई रहेको छ ।

त्यस्तै कार्यक्रममा आधारभुत स्वास्थ्य सेवा केन्द्र अड्डापाटाको अहेव शान्ता जिसीले गर्भवतीहरु र सुत्केरी अवस्थामा पौष्टिक आहारको महत्वपुर्ण रहेको यस्ता कार्यक्रमहरु गर्नुपर्ने आवश्यक रहेको बताएकी थिइन । वडा भित्रका गर्भवती र सुत्केरीको स्वास्थ्य अवस्था सक्रिय रुपले चेकजाचँ र लगाउनुपर्ने खोपहरु लगाइएको अहेव शान्ता जिसीको भनाई रहेको छ । पोषण अन्तर्गत पचाँस हजार बजेटबाट उक्त कार्यक्रम गरिएको वडा कार्यालयले जनाएको छ । गर्भवती र तिन महिना सम्मको सुत्केरी गरेर ३४ जनालाई अण्डा र हरलेस वितरण गरिएको हो ।

कार्यक्रममा प्यूठान नगरपालिकाका जनप्रतिनिधी , कर्मचारी , पत्रकार, गर्भवती र सुत्केरीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव कमला आचार्यले गरेकी थिइन।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page