समय : ०६:१२ am | शनिबार , श्रावण १२ गते २०८१

सरुमारानीले संचालन गर्यो एम्बुलेन्स सेवा

स्वर्गद्वारी अपडेट | श्रावण ३० गते २०८०

साउन ३० प्युठान।बिरामीलाई आपतकालीन सेवा दिन प्युठानको  सरुमारानी गाउँपालिकाले  एम्बुलेन्स संचालन गरेको छ। आधारभूत स्वास्थ्य सेवा दिने जिम्मेवारी स्थानीय तहमातहत आएपछि सुत्केरीलगायत बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान एम्बुलेन्स खरिद गरेको गाउँपालिकाले जनाएको छ।

सोमबार एक हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले ५ नंवर वडा अध्यक्ष लक्ष्मी पल्ली मगरलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले  स्वास्थ्य चौकि जस्पुरका प्रमुख विनाद खडकालाई सवारी साधन हस्तान्तरण फारम हस्तान्तरण गरेका थिए।स्थानीयको उपचार सहज बनाउन एम्बुलेन्स सेवा सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
केही समयअघि बड्डाडास्थित जनता माध्यमिक बिद्यालयलाई गाउँपालिकाले स्कुल बस सहयोग गरेको थियो । सरुमारानी गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स ढुङ्गेगढी स्वास्थ्य चौकी जस्पुरलाई हस्तान्तरण गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page