समय : १२:४० pm | शनिबार , श्रावण १२ गते २०८१

स्थानीय कला संस्कृतीको जगेर्ना गर्न सराए नाचँ हुने

स्वर्गद्वारी अपडेट | कार्तिक ८ गते २०८०

प्युठान। प्युठानमा परम्परागत जात्रा, महोत्सव कलासंस्कृती आजकल गाउँ–गाउँमा जगेर्ना हुन थालेका छन्।

"स्थानीय कला संस्कूतीको जगेर्ना गरौ परम्परागत दसै द्वादशी मेला सफल पारौ” भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको हो।सराए नाचँ जस्ता ऐतिहासिक परम्परागत जात्रा  प्युठानबाट  हराउँदै गएपछि प्युठानको गाउँ–गाउँमा भने युवाहरुले जगेर्ना गर्न थालेका छन्।

प्युठान जिल्लाको झिमरुक गाउँपालिकाको चिसावाङ्गमा दशैको द्वादशीको अवसर परेर सरायए नाच तथा विविध सास्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ।फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रम आयोजक समितिले स्थानीय कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले परम्परागत सराए नाच तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुसहितको सास्कृतिक कार्यक्रम प्रस्तुत गर्न लागेको हो।

दशै बिशेष द्वादशी मेला कार्यक्रम२०८० मा गाउँबस्तीमा रहेका २ जना अति जेष्ठ नागरिकलाई सम्मान समेत गरिने मेला आयोजक समितीका अध्यक्ष गोपाल केसीले जानकारी दिए ।

भोलि बिहिवार कार्तिक ९ गते स्थानीय सराय नाच मेला र स्थानीय तथा राष्ट्रिय ख्याली प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजक संस्थाका अध्यक्ष गोपाल केसीले बताए।
दशै विशेष कार्यक्रमको लागि हामीसंग आर्थिक स्रोत छैन तर गाउँपालिका, व्यावसायि, स्थानीय बजार तथा गाउँबासी, शुभचिन्तकहरु संग हातेमालो गरेर आर्थिक ब्यबस्थापन गरि कार्यक्रम संचालन गर्ने योजना रहेको बिनोद पोख्रेलले जानकारी दिए।

स्थानीय कला, सस्कृतिको जगेर्ना, प्रबर्द्धन तथा प्रचारप्रसार, सामुहिक एकता, सामाजिक भावना कायम र बिस्तारमा कार्यक्रमले थप योगदान दिने आयोजकले जनाएको छ।
फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रम बेगम नेपाली भटभटे माइलो, जमुना पुन मगर, मुना केसी, ऋषि खड्का, मोहन नेपाली, निरु मगर लगाए स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकको भनाइ छ।द्वादशी मेला कार्यक्रमको सबै तयारी पूरा गरिएको आयोजकले बताएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page