समय : ०५:०७ am | आइतबार , भाद्र २२ गते २०८१

अभिभावक बिहिन बालबालिकालाई पढाउदै ‘प्युठान नगरपालिका’

राधिका भुषाल | असार १२ गते २०८१

प्युठानप्युठान नगरपालिकाले बालबालिकाको शिक्षा क्षेत्रमा नमुना अभ्यास थालेको छ। नगर क्षेत्र भित्रका अभिभावक बिहिन बालबालिकालाई आवासीय संरक्षण सुरक्षा सहितको पठनपाठन व्यवस्था गर्दै अभिभावकत्व लिएको हो।

गत शैक्षिक सत्र २०८० देखि मुक्ति माध्यामिक बिद्यालय रातामाटामा सम्पूर्ण खर्च बेहोर्ने नगरपालिका भित्रका २७ जना बालबालिकालाई बिद्यालय  भर्ना गरेको थियो।बालविकास देखि कक्षा १२ सम्मको अध्ययनरत बालबालिकाले पठनपाठन गर्दै आएको शिक्षक कृष्ण घिमिरेले बताए।‘प्युठान नगरपालिकाले यी बालबालिकाको खानपान,शैक्षिक सामग्री, आवास, लत्ताकपडा कपडा,बिद्यालय पोशाक लगाएत सम्पूर्ण खर्च बेहोर्दै अभिभावकत्व लिएको छ।‘ शिक्षक घिमिरेले भने-‘यसलाई दीर्घकालीन रुपमै निरन्तरता दिनु पर्छ।’ नगरपालिका भित्रका कुनै पनि बालबालिकाहरु शिक्षा क्षेत्रबाट बन्चित हुनु हुँदैन स्थानीय सरकार भनेको जनताको सरकार हो प्रत्येक नागरिकलाई प्रत्याभूति हुने गरि काम गर्नुपर्ने हुन्छ।

त्यस्तै यी बालबालिकाहरुको रेखदेखमा खटिएका शिक्षक बिष्णुकान्त मिश्र ६ वर्ष देखि १८ वर्ष सम्मका १० जना छात्र १७ छात्राले अध्यन गर्दै आएको थिए यस मध्ये २ जना छात्रा कक्षा १२ को परिक्षा दिएका छन्।बिहानको नास्ता,खाना दिउसो खाजा र बिद्यालय छुट्टी भएपछी खाजा र बेलुका खाना गरि दैनिक ५ पटक खाना खुवाउने गरेका छौ भने उनीहरुको प्राथमिक उपचार समेत प्युठान नगरपालिकाले गरेको शिक्षक मिश्रको भनाई छ।

कक्षा ७ मा भर्ना भई हाल कक्षा ८ मा अध्यनरत छात्रा रोशनी के.सीले यदि घरमा भएको भए घाँस दाउरा गर्न पर्ने हुँदा पढ्न नपाउने दुखेसो पोखिन।उनले भनिन-‘यहाँ सबैले जनाले केयर गनु हुन्छ,रामो संग पढ्न पाएको छु।‘ मेरो बहिनी पनि यहि स्कूलमा कक्षा १ मा पढ्दै छिन हामीले कक्षा १२ सम्म यहि बिद्यालयमा पढ्ने हो।हामी जस्ता बालबालिकालाई शिक्षाको व्यवस्था मिलाएकोमा उनले प्युठान नगरपालिकालाई धन्यवाद समेत  दिईन।  

अभिभावक बिहिन बालबालिका लागि ऐन तथा कार्यविधि बनाएर सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनको लागि यो काम सुरु गरेको प्युठान नगरपालिका नगर प्रमुख बिष्णु योगीले बताए।‘कुनै पनि बालबालिका शिक्षाबाट बन्चित नहोऊन् भनेर हामीले अभिभावक बिहिन बालबालिकाहरुलाई सहज रुपमा पठनपाठन व्यवस्था मिलाएका नगर  प्रमुख बिष्णु योगीले भने-‘हामीले थप व्यवस्थापन गर्दै यो कामलाई हामीले निरन्तरता दिने छौ।’            

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्