प्युठान।माण्डवी गाउँपालिका वडा १ तिरामको श्री गणेश माध्यमिक विद्यालय प्यूठानका विद्यार्थीहरुले एक कक्षाकोठा दुई गमला अभियान सुरु गरेका छन्।
उनीहरूले आफ्नो कक्षाकोठामा आवश्यक पर्ने सरसफाइ सामग्रीहरु डस्टविन, डस्टप्यान, झाडु, कुचो तथा कक्षाकोठा सजावट सामग्री आफै व्यवस्थापन गर्ने गरेका श्री गणेश माध्यमिक बिद्यालयका प्रधानाध्यापक बलराम पुन मगरले बताए।
कक्षा ४ देखि १२ सम्म गठन गरिएको कक्षा व्यवस्थापन समिति (CMC) ले आफ्नो कक्षाकोठा तथा विद्यालय आफै सफा र व्यवस्थित गर्नुपर्छ भन्ने उद्देश्यका साथ विविध कार्यक्रम सञ्चालन गर्दै आएको पुनको भनाई छ।
उक्त बिद्यालयमा यससंगै पढ्दै कमाउदै कार्यक्रम संचालन भईरहेको छ भने सामुदायिक बिद्यालयमा पठनपाठन गर्ने बालबालिका अंग्रेजी भाषामा कमजोर नहोऊन् भन्ने उदेश्यले १ देखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन संचालन गरिएको प्रधानाध्यापक पुनले जानकारी दिए।








