समय : १२:३० pm | सोमबार , मंसिर १५ गते २०८२

उकालो लाग्दै सुनको भाउ

स्वर्गद्वारी अपडेट | मंसिर १५ गते २०८२

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य पछिल्लो समय उकालो लागिरहेको छ। केही समय निरन्तर ओरालो लागेको सुनको मूल्य केही दिनदेखि पुनः उकालो चढ्न सुरु गरेको हो।

सोमबार १४ सय रुपैयाँले बढेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आज १४ सय रुपैयाँले बढेर  एक तोला सुनको मूल्य २ लाख ५३ हजार ६०० कायम भएको छ । आइतबार एक तोला सुन २ लाख ५२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। चाँदीको मूल्यले भने नयाँ रेकर्ड बनाएको छ। 

महासंघका अनुसार आज प्रतितोला चाँदी ३ हजार ५३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। आइतबार सोही परिमाणको चाँदीको मूल्य ३ हजार ४९० पुगेको थियो।

यो पनि पढ्नुहोस्